मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण १९ बिहीबार ११:०५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बागमती प्रदेशमा १९ अर्ब ४४ करोड रुपैयाँ फ्रिज

Read Time : > 1 मिनेट
२०७९ श्रावण १९ बिहीबार ११:०५:००

बागमती प्रदेश सरकारले बर्सेनि बजेट खर्च बढाउने दाबी गर्दै आएको छ । तीनपटक सरकार परिवर्तन भएको बागमतीमा आर्थिक वर्षको सुरुवातमा बजेट ल्याउँदा खर्च बढाउने दाबी गरे पनि फ्रिज हुने रकममा कमी आएको छैन। 

आर्थिक वर्ष ०७८/७९ मा पनि बागमती सरकारले बजेट खर्च बढाउन सकेन । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत आव ०७८/७९ मा बागमतीमा १९ अर्ब ४४ करोड ४८ लाख ८१ हजार ६ सय ५० रुपैयाँ फ्रिज भएको छ । 

आव ०७८/७९ मा ५७ अर्ब ७२ करोड नाै लाख २७ हजार रुपैयाँको बजेट ल्याइएको बागमतीमा असार मसान्तसम्म ३८ अर्ब २८ करोड ४३ लाख आठ हजार आठ सय ३५ रुपैयाँ अर्थात् ६६.१९ प्रतिशत खर्च गरेको कार्यालयका सूचना अधिकारी होमनाथ रिजालले जानकारी दिए । उनका अनुसार चालूगततर्फ ७० दशमलव ७७ र पुँजीगततर्फ ६३ दशमलव १६ प्रतिशत खर्च भएको छ । 

कार्यालयको तथ्यांकमा चालूतर्फ २३ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा १५ अर्ब ९७ करोड १४ लाख ९८ हजार तीन सय ८० रुपैयाँ र पुँजीगततर्फ ३२ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ बजेटमध्ये २१ अर्ब एक करोड २८ लाख १० हजार चार सय ५४ रुपैयाँ खर्च गरेको उल्लेख छ ।

बागमती सरकारले चालू आव ०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट लयाएको छ । प्रदेश सरकारले चालूतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात् १९ अर्ब दुई करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात ४१ अर्ब ५६ करोड २४ लाख, वित्तिय हस्तान्तरणतर्फ ११.७७ प्रतिशत अर्थात आठ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २.८१ प्रतिशत अर्थात दुई अर्ब रुपैयाँ विनियोजन गरेको छ ।  

बजेट फ्रिज अवस्था बर्सेनि उस्तै
बागमतीमा बजेट फ्रिजको अवस्था बर्सेनि उस्तै देखिन्छ । चालू आर्थिक वर्ष ०७९/८० मा अन्तिम बजेट ल्याइसकेको बागमती सरकारले बर्सेनि बजेट खर्च अवस्था बढाउने र शतप्रतिशत पुर्‍याउने दाबी गरे पनि फ्रिज रकम घटेको छैन ।

पाँचौँ बजेट ल्याइसकेको स्थितिमा पनि सरकारले बजेट खर्च अवस्था बढाउन सकेको छैन । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आव ०७५/७६ मा ६० प्रतिशत खर्च, ४० प्रतिशत फ्रिज, आव ०७६/७७ मा ५८ प्रतिशत खर्च, ४२ प्रतिशत फ्रिज, आव ०७७/७८ मा ६२ प्रतिशत खर्च ३८ प्रतिशत खर्च र गत आव ०७८/७९ मा ६६ प्रतिशत खर्च ३४ प्रतिशत फ्रिज भएको छ ।

खर्च सन्तोषजनक मान्नुपर्छ : आर्थिक मामिला तथा योजनामन्त्री, शालिकराम जम्कट्टेल 

बजेट खर्च सन्तोषजनक छ । निराशाजनक छैन, किनभने पहिलो चुनावी वर्ष पनि भयो, तीन महिना स्थानीय तहको चुनावमा लागियो, दोस्रो सरकार परिवर्तन भयो । बजेट एउटा सरकारले बनायो, खर्च गर्न अर्को सरकार आयो त्यसकारण पनि बजेट खर्च सोचे जस्तो भएन । 

तर, सन्तोषजनक मान्नुपर्छ । बेरुजु विभिन्न शीर्षकमा राखिएको छ । हाम्रो सरकारको बेरुजु होइन, अघिल्लो सरकारको होइन । अघिल्लो सरकारले करिब चार वर्ष सरकार सञ्चालन गरेको छ । त्यसवेलाका बेरुजु अहिले देखिएका छन् ।