मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १९ बिहीबार १०:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोस्रो राष्ट्रिय भेलाका लागि वाइसिएलको तयारी तीव्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १९ बिहीबार १०:३५:००

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ संगठन वाइसिएलले दोस्रो राष्ट्रिय भेलाको तयारी तीव्र बनाएको छ । भदौ ३ र ४ गते काठमाडौंमा हुने राष्ट्रिय भेलाको लागि नेताहरू विभिन्न उपसमिति बनाएर  छलफल गरिरहेका छन् । 

विधान तथा प्रतिवेदन लेखन उपसमितिको जिम्मा पाएका वाइसिएल संयोजक सुमन देवकोटाले विधान तथा प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुगेको जानकारी गराए ।  वाइसिएलमा उमेर हदबन्दीको सवालमा कुन तहमा कुन उमेर समूहसम्म बस्न पाइने विषयमा व्यापक बहस चलिरहेको र विशेषगरी युवाहरूलाई उद्यमशीलतामा जोड्ने विषयमा राजनीतिक प्रतिवेदनमा जोड दिएको उनले बताए ।

भेलामा देशभरबाट पाँच सय प्रतिनिधि सहभागी हुने कार्यक्रम व्यवस्थापन समितिका उपसमिति सहसंयोजक सुबोध शेर्पाले जनाए । प्रत्येक जिल्लाबाट अनिवार्य महिलासहित तीनजना, हालका केन्द्रीय सदस्य दुई सय चारजना, दुई केन्द्रीय विभागबाट ४२ प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुने र कुल प्रतिनिधिको पाँच प्रतिशत केन्द्रीय कार्यालयले प्रतिनिधि मनोनीत गर्ने उनले बताए ।