मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण १९ बिहीबार १०:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अपहरण मुद्दामा १४ वर्ष कैद भुक्तान गरेका विष्णुलाई बलात्कारको आरोप 

Read Time : < 1 मिनेट
२०७९ श्रावण १९ बिहीबार १०:२०:००

अपहरण मुद्दामा १४ वर्ष कैद भुक्तान गरेका दाङ तुलसीपुरका एक व्यक्तिलाई बलात्कारको आरोप लागेको छ । तुलसीपुर उपमहानगरपालिका– ३ घर भई हाल तुलसीपुर– ९ बेलुवा बस्दै आएका ३८ वर्षीय सुनील भन्ने विष्णु शर्माले तनहुँको व्यास नगरपालिका– २ निवासी २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको हो । उनी १४ वर्ष जेलजीवन बिताएर केही वर्षअघि मात्रै कैदमुक्त भएका हुन् । शर्मा माओवादी केन्द्र तुलसीपुर– ३ का सचिव पनि हुन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार बाँके कारागारको थुनामा रहेका नासिर खानले ती युवतीलाई तनहुँबाट बाँके बोलाएर पुनः तुलसीपुर पठाएका थिए । तुलसीपुरमा सुनील उर्फ विष्णु शर्मालाई भेट्न पठाएपछि उनी त्यहाँबाट भेट्न तुलसीपुर आइन् । तुलसीपुर आएपछि विष्णुले तुलसीपुर– ५ स्थित कालीमाटी होटेल एन्ड लजमा राखी बलात्कार गरेको प्रहरीले बताएको छ ।

ती युवतीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेर दिएकी छिन् । तर, विष्णु हाल फरार रहेका छन् ।