Read Time : < 1 मिनेट
२०७९ श्रावण १८ बुधबार १३:५३:००
दाङमा आठ वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको छ । मंगलबार राति ९ बजेतिर शान्तिनगर गाउँपालिका– ५ निवासी अन्दाजी २८ वर्षीय चमन विकले सोही ठाउँ निवासी बालिकामाथि जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
ती युवकले बालिकाको घरदेखि एक सय मिटर टाढा मकैबारीमा जबर्जस्ती करणी गरेको प्रहरीको भनाइ छ । विकलाई आज बिहान १० बजे बिजौरीमा छुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ ।