मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
गृहमन्त्री बालकृष्ण खाण
टेकराज थामी काठमाडौं
२०७९ श्रावण १८ बुधबार १०:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्रीको निर्देशन– सप्तकोसी कटानपीडितको उद्धार गर्न हेलिकोप्टर तयारी अवस्थामा राख्नू

Read Time : < 1 मिनेट
टेकराज थामी, काठमाडौं
२०७९ श्रावण १८ बुधबार १०:५७:००

गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका १, २, ८ र ९ मा सप्तकोसी कटानपीडितको उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् । 

नेपाली सेनाका रथी बालकृष्ण कार्कीसँग कुराकानी गर्दै गृहमन्त्री खाणले कटान तत्काल रोकिने अवस्था नदेखिएकाले प्रभावितको उद्धार, राहत र स्थानान्तरणका लागि हेलिकोप्टर आवश्यक पर्ने भन्दै तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् ।

सेनाले कटानपीडितलाई आवश्यक परे तत्काल उपलब्ध हुने गरी हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताएको छ । 
सप्तकोसीको कटानका कारण दुई हजार चार सय घरपरिवार विस्थापित हुने भएकाले उनीहरूलाई स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।