मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण १७ मंगलबार १९:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्घटनामा तीनजनाको ज्यान गयो

Read Time : < 1 मिनेट
२०७९ श्रावण १७ मंगलबार १९:४७:००

उदयपुरमा छुट्टाछुट्टै दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयुरका अनुसार गाईघाट, कटारी र रौतामाईमा गरी तीनजनाको मृत्यु भएको हो।

मंगलबार त्रियुगा नगरपालिका–११ गाईघाटको गोठलाइनका २० वर्षीय कृष्ण सहनी मृत फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाका अनुसार जिल्ला अस्पताल उदयपुरमा पोस्टमार्टम गरी शव आफन्तलाई जिम्मा लगाइएको छ।

यसैगरी, थापाका अनुसार दुधौली नगरपालिका–१४ सिन्धुली घर भई कटारी नगरपालिका–६मा रहेको साथीको घरमा आएका १९ वर्षीय विपिन विकको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ। मोबाइल चार्च गर्ने क्रममा करेन्ट लागि गम्भीर घाइते भएका विकको उपचारको लागि कटारी अस्पताल ल्याउने क्रममा मृत्यु भएको थापाको भनाइ छ।

यसैगरी, गएको रौतामाई गाउँपालिका–७स्थित त्रियुगा नदीले बगाउँदा ५० वर्षीय सिद्धिराज चापागाईं खत्रीको मृत्यु भएको छ। थापाका अनुसार मुर्कुचीबजारबाट तिलबारी घरतर्फ जानेक्रममा खोलाले बगाउँदा खत्रीको मत्यु भएको हो।