मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण १७ मंगलबार ०८:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुगुमा हरायो १५९ क्विन्टल अनुदानको नुन

Read Time : > 1 मिनेट
२०७९ श्रावण १७ मंगलबार ०८:१४:००

साल्ट ट्रेडिङ मुगु डिपोका प्रमुख र ठेकेदारबीच आरोप-प्रत्यारोप

सरकारले मुगुका लागि पठाएको एक सय ५९ क्विन्टल अनुदानको नुन वितरण नहुँदै हराएको छ । मुगुका लागि रारा–छायाँनाथ एयर काग्रो एन्ड ढुवानी सेवाले ढुवानीको जिम्मा लिएको दुई हजार सात सय क्विन्टलमध्ये एक सय ५९ क्विन्टल नुन सदरमुकाम गमगढीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डिपो कार्यालय मुगुबाट हराएको भन्ने ठेकेदार पक्षको दाबी छ ।

रारा–छायाँनाथ एयर कार्गो एन्ड ढुवानी सेवाका सञ्चालक रामचन्द्र भामले साल्ट ट्रेडिङ कर्पोरेसन र आफूबीचको सम्झौताअनुसार आर्थिक वर्ष ०७८–७९ का लागि पहिलोपटक एक हजार पाँच सय क्विन्टल र दोस्रोपटक एक हजार दुई सय क्विन्टल गरी कुल दुई हजार सात सय क्विन्टल नुन नेपालगन्जदेखि मुगु सदरमुकाम गमगढीस्थित साल्ट ट्रेडिङ लिमिटेड डिपो कार्यालयलाई बुझाएको दाबी गरेका छन् ।

मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीले नुन नआइपुगेको भन्दै मौज्दातमा नराखी एक सय ५९ क्विन्टल नुन बिक्री गरी गायब बनाइएको ठेकेदारकाे आराेप छ । प्रमुख कार्कीले उक्त नुनको हिसाब नै नदेखाई बिक्री गरेको ठेकेदारले बताएका छन् । 

हरेकपटक नुन ढुवानी गरेर गमगढी पुर्‍याएपछि प्रमुखलाई नुन बुझ्न आउनुभन्दा उनले पटक–पटक आफ्नो श्रीमतीलाई नुन बुझ्न पठाउने गरेको भामले बताए । चलानी बुझाई रिसिभ माग्दा अर्को दिन दिन्छु भनी आलटाल गर्ने र अहिले अन्तिममा आएर नुन नै ठेकेदारले नल्याएको भनेर आफू पन्छिन खोजेको ठेकेदारको भनाइ  छ ।

‘विभिन्न समयमा नेपालगन्ज साल्ट ट्रेडिङ लिमिटेडदेखि चलानी गरी सातपटक नुन ढुवानी गरी मुगु डिपोलाई प्रशासन प्रतिनिधिको रोहवरमा बुझाइएको सबै कागजात प्रमाण हामीसँग हुँदा पनि कार्यालय प्रमुख कार्कीले नुन नपुगेको भन्दै एकपटकको गाडीको पूरै नुनको चलानी रिसिब कागज नै गायब बनाई भुक्तानी रोकिदिएको’ ठेकेदारको आरोप छ । ठेकेदार भामका अनुसार प्रमुखले आफूबाट एक लाख रुपैयाँ घुस खान खोजेको र आफूले दिन नमान्दा एक गाडी नुन नै गायब बनाइदिएको गम्भीर आरोप लगाएका छन् । 

नेपालगन्ज साल्ट ट्रेडिङ कार्यालयबाट गत चैत ८ गते  नुन बोकी मुगु हिँडेको भे.१ख ३६९० नम्बरको गाडी चैत १२ गते मुगुको भुलभुले चेक पोस्टमा सि.नं. ३३ मा इन्ट्री दर्ता भई १३ गते आइतबार दिउँसो साल्ट ट्रेडिङ मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीकी श्रीमती विद्या मल्ल कार्कीलाई जिल्ला प्रशासन कार्यालय मुगुका प्रतिनिधिको रोहवरमा बुझाएको ठेकेदारका ज्वाइँ  (प्रतिनिधि) पुलिन्द बुढाको भनाइ  छ ।

उक्त नुनको चलानी बुझेको रसिद माग्दा भोलि सर आएर दिनुहुन्छ भनी आलटाल गरेको र उनले बुझेको रसिद हिसाबमा नराखी अहिले आएर उक्त गाडीमा ल्याएको नुन नै गायब बनाइएको ठेकेदारकाे आराेप छ । 

यता साल्ट ट्रेडिङ मुगु डिपोका प्रमुख कार्की भन्छन्, ‘ठेकेदारले हामीलाई नुन बुझाएका छैनन् । उनले लगाएकाे यो सबै आरोप झुटा हाे । यस वर्ष मुगुका लागि दुई हजार सात सय क्विन्टल नुन आउनुपर्नेमा दुई हजार पाँच सय ४१ क्विन्टल मात्रै हामीले ठेकेदारबाट बुझेका छाैँ ।’