मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवलपुर
२०७५ चैत ७ बिहीबार १२:१५:००
Read Time : < 1 मिनेट
अर्थ

नवलपुरको १८ सय हेक्टरमा चैतेधान

Read Time : < 1 मिनेट
नवलपुर
२०७५ चैत ७ बिहीबार १२:१५:००

नवलपुरको १ हजार ७ सय ७५ हेक्टर क्षेत्रफलमा चैतेधान लगाइएको छ । केही छिटपुट स्थानमा बाहेक नवलपुरका सबै पकेट क्षेत्रमा चैतेधान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।

नवलपुर चैतेधानको पकेट क्षेत्र मानिन्छ । यहाँ असारेभन्दा चैतेधानखेती राम्रो हुने ज्ञानकेन्द्रका मोहन प्रकाश श्रेष्ठले बताए । जिल्लाको गैँडाकोट, अमरापुरी, देवचुली, कावासोती, मध्यबिन्दु, कुमारवर्ती, अरुणखोला, रजहर, चिलाहा, रतौल, मगरकोट, पिठौलीलगायतका क्षेत्रमा चैतेधानको राम्रो उत्पादन हुन्छ । 

यस्तै जिल्लाको पहाडी  क्षेत्र बुलिङटार र डेढगाउँमा समेत चैतेधानखेती राम्रो हुन्छ । चैतेधानखेती हुने यी स्थानमा सिमसार क्षेत्र भएकाले सिँचाइ नभए पनि धानको उत्पादन राम्रो हुने गरेको श्रेष्ठले बताए । 

गत वर्ष पनि १७ सय ७० हेक्टर क्षेत्रफलमा चैतेधान रोपिएको थियो भने ७ हजार २ सय ९९ मेट्रिकटन धान उत्पादन भएको श्रेष्ठले जानकारी दिए । जिल्लामा चैतेधान २, चैतेधान ३, चैतेधान ४, सिएच ४५, हर्दिनाथ जातका धान लगाइने गरिएको छ । चैते धानमा असारे धानजस्तो रोग र किरा नलाग्ने साथै फल पनि बढी लाग्ने हुँदा उत्पादन पनि राम्रो हुने गरेको कृषि प्राविधिक नरेन्द्र भण्डारीले बताए ।