१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १५ आइतबार २०:३७:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साफ यू–२० : दुई मिनेटमै भारतले थप्यो अर्को गोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १५ आइतबार २०:३७:००

साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत अहिले जारी खेलमा भारतले एकपछि अर्को आक्रमण बुनिरहेको छ । दोस्रो गोल गरेको दुई मिनेटभित्रै भारतले गोल थप्दै खेलमा ३–० को बलियो अग्रता बनाएको छ । 
यसअघि दोस्रो हाफको खेल सुरु भएको पाँच मिनेटभित्रै भारतले गोल गर्दै अग्रता दोब्बर बनाएको थियो । तेस्रो गोलमा पनि भारतीय स्ट्राइकर पार्थिवसुन्दर गोगयले निर्णायक देखिए । नेपाली गोलरक्षकलाई जिल्याउँदै उनले पहिलो बारबाट सुन्दर ढंगले फ्लिक गर्दै बललाई दोस्रो बारबाट जाली चुमाए । 
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा खेल भइरहेको छ । यसअघि नेपाली डिफेन्स लाइनअपलाई जिल्याउँदै भारतीय स्ट्राइकर सुगम गोगयले नै भारतका लागि दोस्रो गोल गरेका थिए ।