मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १५ आइतबार १९:०७:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आज नेपाल र भारत भिड्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १५ आइतबार १९:०७:००

साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारत प्रतिस्पर्धा गर्दै छन् । 
दुवैले आफ्नो तेस्रो खेल खेल्दै छन् । नेपालले यसअघिका दुई खेल जित्दै ६ अंक बटुलिसकेको छ । भारतले भने एक खेल मात्र जितेको छ ।
भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सवा सात बजेबाट खेल सुरु हुनेछ । यस खेलमा विजयी भए नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । यसैले आजको खेललाई नेपालले निकै महत्वपूर्ण मानेको छ । 
यसअघि नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० गोलअन्तरले पराजित गरेकाले नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।