मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १४ शनिबार १८:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले सबै उद्योग चलाउन सम्भव छैन : मन्त्री बडू 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १४ शनिबार १८:२३:००

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार आफैँले सबै उद्योगधन्दा चलाउन सम्भव नभएको बताएका छन् । नेपाल व्यापार संघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री बडूले लगानीका लागि स्वदेशी, निजी तथा बाह्य पुँजी कसरी भित्र्याउने भन्नेबारे सरकार निष्कर्षमा पुगेको समेत बताए । 

‘राष्ट्रिय उत्पादन बढाउनका लागि सरकार स्वयंले गर्न सक्ने विषय होइन । सरकार आफैँले धेरै गरेर उद्योगहरू बन्द भएको अवस्था पनि हो । सरकार आफैँले सबै उद्योगधन्दा चलाएर सम्भव पनि छैन । यसमा हामी सहमत छौँ । र, हामी निजी क्षेत्र, स्वदेशी पुँजी र सकिन्छ भने बाह्य पुँजी पनि कसरी ल्याउन सकिन्छ ? यसका निमित्त हामीले छलफल गरेर केही निष्कर्ष, केही निर्णय गरिएको छ,’ उनले भने, ‘अहिलेको अवस्था के हो भन्दा चलिरहेका उद्योग र सरकारले चलाइरहेको औद्योगिक क्षेत्रहरू पूर्ण क्षमताका साथ सञ्चालन हुन सकिरहेका छैनन् ।’

मन्त्री बडूले राष्ट्रिय उत्पादन वृद्धि गरी मुलुकको निर्यात व्यापार बढाउनका लागि सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम कार्यान्वयनमा लागि अन्तिम चरणमा पुर्याएको पनि बताए । सो कार्यक्रमको मोडालिटी तयार गरी कार्यान्वयनको चरणमा प्रवेश गराइएको उनको भनाइ थियो । सो कार्यक्रम समय सान्दर्भिक भएको उल्लेख गर्दै यसको प्रभवकारी कार्यान्वयनका लागि निजी क्षेत्र, स्वदेशी पुँजी र बाह्य पुँजीको लगानीबारे सम्बन्धित क्षेत्रसँग छलफल भइरहेको पनि उनले बताए ।  सरकारले चलाइरहेका उद्योगहरू पनि बन्द रहेको भन्दै उनले त्यस्ता उद्योगहरूको पनि सञ्चालनका लागि सरकारले उद्योगमैत्री वातावरण निर्माण गरिरहेको दाबीसमेत गरे ।