१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
धरानमा शनिबार आयोजित कार्यक्रममा धरान उपमहानगरका मेयर हर्क साम्पाङ र सहरी विकासमन्त्री मेटमणि चौधरी (बायाँबाट)।
२०७९ श्रावण १४ शनिबार १४:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेयर हर्क साम्पाङले भने– म कहिले आउँ त मन्त्रीज्यू ?

Read Time : < 1 मिनेट
२०७९ श्रावण १४ शनिबार १४:४६:००

सहरी विकासमन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन् । 
धरान उपहानगरमा शनिबार आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले मेयर साम्पाङको तारिफ गर्दै भने, ‘उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ, त्यसको कारण म उहाँको इमानदारी र प्रतिबद्धता पाउँछु । मान्छेहरू राम्रो गर्छुभन्दा उडाउँछन् । हाँसोको विषय बनाउँछन् । तर, मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि । मेयरसापले जुन अठोट लिनुभएको छ, त्यो अवश्य पूरा हुनेछ ।’
अधिकांश समय मेयर साम्पाङको तारिफमा खर्चिएका मन्त्री चौधरीले उनबाट नेपाली समाजले मात्र नभई अन्य समाजले पनि सिक्नुपर्ने चर्चा गरे । ‘मेयरसापले सुरु गर्नुभएका सबै योजनामा मेरो पूरै सहयोग रहनेछ ।  खानेपानीको विषयमा कुरा गर्न मन्त्रालयमा आउन म उहाँलाई निम्तो गर्छु ।’
मन्त्रीको कुरा सुनेपछि हाँस्दै मेयर साम्पाङले प्रश्न गरे, ‘म कहिले आउँ त मन्त्रीज्यू ? जवाफमा मन्त्री चौधरीले छिट्टै आउन आग्रह गरे । उनले धरानमा रहेको खानेपानी र बसपार्कको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।