मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुन चेङहाओ
२०७५ पौष ८ आइतबार ०८:५१:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

रक्षामन्त्रीको राजीनामाको प्रभाव

Read Time : > 1 मिनेट
सुन चेङहाओ
२०७५ पौष ८ आइतबार ०८:५१:००

मध्यावधि निर्वाचनपश्चात् ट्रम्प प्रशासनले मन्त्रिपरिषद्मा हेरफेर सुरु गरेको छ । हालै मात्र ह्वाइटहाउसका प्रमुख कर्मचारी जोन केली र रक्षामन्त्री जिम म्याटिसजस्ता वरिष्ठ अधिकारीले राजीनामा दिएका छन् । ट्रम्प प्रशासनको हिस्सा तथा सल्लाहकार बन्नका लागि राष्ट्रपतिप्रति चुपचाप बफादर हुनुपर्छ भन्ने सन्देश यी अधिकारीको राजीनामाले दिएको छ । 

राष्ट्रपति ट्रम्पभन्दा फरक मत राख्दै आएकाले म्याटिसले ढिलो–चाँडो राजीनामा दिनुपर्ने विश्लेषण धेरै मिडियाले यसअघि नै गर्दै आएका थिए । पेन्टागनलाई गलत निर्णय लिनबाट रोक्न म्याटिसले धेरैपटक प्रयास गर्दै आएका थिए । इराक युद्धदौरान म्याटिसले फालुजाहको दोस्रो युद्धको प्रमुख कमान्ड सम्हालेका थिए । इरानविरुद्ध आक्रामक  नीति लिएको भन्दै सन् २०१३ उनलाई ओबामा प्रशासनले बर्खास्त गरेको थियो । ट्रम्प प्रशासनले भने उनलाई रक्षामन्त्रीको जिम्मेवारी दिएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नै गुट राष्ट्रसँगको सम्बन्ध बिगार्न थालेपछि सम्बन्ध सुधारमा म्याटिसले महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा अमेरिकी गुट राष्ट्रहरूको थियो । आफ्ना गुट राष्ट्रप्रति नै ट्रम्प आक्रामक बन्न थालेपछि यस्तो स्थिति सिर्जना भएको छ । यस्तो स्थितिमा, उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सदस्य राष्ट्र तथा प्रशान्त क्षेत्रका अमेरिकी गुट सदस्य राष्ट्रलाई म्याटिसले सुरक्षाको प्रत्याभूति दिँदै आएका थिए ।

ट्रम्पले के भन्छन् भन्दा पनि अमेरिकाले के गर्छ भन्नेमा मात्र गुटराष्ट्रले ध्यान दिनुपर्ने जोड म्याटिसको थियो । ट्रम्पले अमेरिकी प्रशासन सम्हालेदेखि नै अमेरिकी गुट राष्ट्रप्रति आक्रामक नीति लिँदा नेटोलगायतका संगठनमाथिको अमेरिकी प्रतिबद्धताबाट आफू पछि नहट्ने अडान म्याटिसले लिएका थिए । पछिल्लो समय, राष्ट्रपति ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने निर्णय लिएपछि म्याटिस ट्रम्प प्रशासन छाड्ने मनस्थितिमा पुगेका हुन् । उनले दिएको राजीनामा पत्रले उनको नैराश्यलाई झल्काएको छ । गुटराष्ट्रमाझ कसरी बलियो सम्बन्ध कायम राख्ने तथा गुटराष्ट्रप्रति कसरी सम्मान व्यक्त गर्ने भन्ने सन्दर्भमा म्याटिसले असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएका हुन् । 

म्याटिसको राजीनामासँगै ह्वाइटहाउसमा कर्मचारी संख्या घटेको छ भने ट्रम्पनिकट वृत्त तथा उनका ‘एस मेन’चाहिँ एकीकृत बनेका छन् ।

 

म्याटिसको राजीनामाले ह्वाइटहाउसका कर्मचारी हेरफेरको उत्कर्षलाई संकेत गरेको छ । वरिष्ठ कर्मचारीले ह्वाइटहाउस छाड्ने प्रवृत्तिले कर्मचारी संख्या त घटेको छ, तर ट्रम्पनिकट वृत्त तथा उनका ‘एस मेन’चाहिँ एकीकृत बनेका छन् । केली र म्याटिसले ट्रम्प प्रशासन छोडेपछि प्रशासनभित्र रहेका सन्तुलित तथा विवेकशील आवाज कमजोर बनेका छन् । प्रशासनभित्र फरक मत राख्नेलाई मध्यावधि निर्वाचनपश्चात् पाखा लगाउन थालिएको छ । यसर्थ, आउँदा दिनमा ट्रम्पनिकट वृत्तले ह्वाइटहाउसमा अझै अस्तव्यस्तता सिर्जना गर्न सक्ने सम्भावना छ । 

चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) बाट

(लेखक चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्सका शोधकर्ता हुन्)