Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
भवानीश्वर गौतम काठमाडाैं
२०७९ श्रावण १४ शनिबार ०६:१३:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एसइई नतिजा : उपत्यकाका कतिपय सामुदायिक विद्यालय अब्बल

Read Time : > 3 मिनेट
२०७९ श्रावण १४ शनिबार ०६:१३:००

ज्ञानोदय मावि (काठमाडौं) : ३८३ विद्यार्थी, ३.६–४ जिपिए ल्याउने ४९ जना
काठमाडौंको ज्ञानोदय माध्यमिक विद्यालय सामुदायिक विद्यालयमा अब्बल मानिन्छ । ज्ञानोदय माविबाट कुल तीन सय ८३ विद्यार्थीले एसइई दिएका थिए । विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनका अनुसार जसमध्ये उच्च जिपिए ३.६ देखि ४ ल्याउने संख्या ४९ छ । यो विद्यालयको नतिजा माथिल्लो जिपिए ल्याउने बढी र तल्लो रेन्जको जिपिए ल्याउने संख्या कम छ । जिपिए ३.२ देखि ३.६ ल्याउने एक सय सात, २.८ देखि ३.२ ल्याउने एक सय १८, २.४ देखि २.८ ल्याउने ७२, २.० देखि २.४ ल्याउने ३५ र सबैभन्दा कम १.९ देखि २.० ल्याउने दुई विद्यार्थी छन् । 

विश्व निकेतन स्कुल (त्रिपुरेश्वर) : २२२ विद्यार्थी, ३.६–४ जिपिए ल्याउने १७ जना
त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुल विगतमा अब्बल कहलिएको विद्यालय हो । कक्षा १२ सम्ममा तीन हजार नौ सय विद्यार्थी रहेको यस विद्यालयबाट दुई सय २२ जनाले एसइई दिएका थिए । मध्यम र उच्च जिपिए ल्याउनेको संख्या धेरै छ । तर, यो विद्यालयमा २.० भन्दा कम जिपिए ल्याउने विद्यार्थी संख्या एकजना मात्र रहेको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए । सो विद्यालयमा ३.६ देखि ४ ल्याउने १७, ३.२ देखि ३.६ सम्म ४०, २.८ देखि ३.२ ल्याउने ६५, २.४ देखि २.८ ल्याउने ६९ छन् । त्यसैगरी २.० देखि २.४ ल्याउने ३० र जिपिए १.९ ल्याउने एकजना छन् । 

त्रिपद्म विद्याश्रम मावि (पुल्चोक) : १३२ विद्यार्थी, ३.६–४ जिपिए ल्याउने २० जना
ललितपुरको पुल्चोकमा रहेको त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालयबाट एक सय ३२ विद्यार्थी एसइईमा सहभागी थिए । त्यसमध्ये जिपिए ४ ल्याउने एक, जिपिए ३.६ देखि ४ ल्याउने १९, जिपिए ३.२ देखि ३.६ ल्याउने ३२, जिपिए २.८ देखि ३.२ ल्याउने ४३, जिपिए २.४ देखि २.८ ल्याउने ३३ र जिपिए २.० देखि २.४ ल्याउने पाँचजना छन् । 

वागीश्वरी मावि (च्याम्हासिंह, भक्तपुर) : २७८ विद्यार्थी
भक्तपुर च्याम्हासिंहमा रहेको वागीश्वरी माध्यमिक विद्यालयले पनि एसइईमा उत्कृष्ट नतिजा हासिल गरेको छ । यस विद्यालयबाट एसइईमा सहभागी भएकी छात्रा श्रीषा डिडियाले जिपिए ४ ल्याएकी छिन् । त्यस्तै, ३.४ सम्मको ल्याउने २४ जना, ३.२ देखि ३.६ ल्याउने ५६, २.८ देखि ३.२ ल्याउने ७६, २.४ देखि २.८ ल्याउने ६४, जिपिए २ देखि २.४ ल्याउने ५१ र १.६ देखि २.० सम्म सातजना छन् । वागीश्वरीबाट दुई सय ७८ जना विद्यार्थी एसइई परीक्षामा सामेल थिए ।

नेधा मावि (दूधपाटी, भक्तपुर) : ३.६–४ जिपिए ल्याउने ६८ जना
नेधा माध्यमिक विद्यालय पनि भक्तपुरमा गुणस्तरीय विद्यालयमध्ये गनिन्छ । दूधपाटीमा रहेको नेधाको यस वर्षको नतिजा मध्यम आएको छ । यस वर्ष विद्यालयबाट ३.८५ ल्याउने विद्यार्थी संख्या एकजना रहेको छ । त्यस्तै, ३.८ ल्याउने दुईजना, ३.७५ ल्याउने नौजना, ३.६५ ल्याउने ५६ जना रहेको विद्यालयका प्रअ गंगाधर हाडाले जानकारी दिए । 

...                                           ...

चुस्त व्यवस्थापन समिति र जाँगरिला शिक्षक भएका राजधानीका सामुदायिक विद्यालयले भर्खरै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा राम्रो प्रदर्शन गरेका छन् । उपत्यकामा मात्र होइन, बाहिरका सामुदायिक विद्यालयका विद्यार्थीले समेत जिपिए ४ ल्याएका छन् । 

निजीसँगको तुलनामा सामुदायिकको केही कमजोर देखिए पनि केही विद्यालयको नतिजाले राम्रो गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । एसइईमा सामुदायिक विद्यालयबाट उच्च जिपिए ३.६ देखि ४.० ल्याउने विद्यार्थी संख्या बिस्तारै बढ्न थालेको छ ।

कतिपय सामुदायिक विद्यालयमा मध्यमस्तरको जिपिएसम्मका विद्यार्थी रहे पनि जिपिए २.० भन्दा कम ल्याउने विद्यार्थी संख्या शून्य छ । सामुदायिक विद्यालयबाट एसइई दिनेको संख्या धेरै छ । 

गणित, विज्ञान र अंग्रेजीमा कमजोर प्रदर्शन
शिक्षा विकास तथा समन्वय एकाइ ललितपुरका प्रमुख गणेश ढकालले ललितपुरमा रहेको ७७ वटा सामुदायिक माविमध्ये केहीले मात्रै उत्कृष्ट अंक ल्याएको जानकारी दिए । अधिकांश विद्यार्थीले गणित र विज्ञानमा कम अंक ल्याउँदा नतिजा नै खस्किएको ढकालले बताए । यद्यपि, अन्य निजीको तुलनामा सामुदायिक विद्यालयले उत्कृष्ट अंक ल्याउन सकेको उनले बताए । ‘अहिले सामुदायिक विद्यालयको स्तर केही सुधार भएको छ,’ उनले भने, ‘तर, विज्ञान र गणितमा धेरै कमजोर देखिए, ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा यो समस्या बढी छ ।’ उनका अनुसार ललितपुरको बज्रबाराही मावि बज्रबाराही, प्रभाव माध्यमिक विद्यालय ग्वार्को, आदर्श सौल युवक मावि बुङमती, प्रगति शिक्षा सदन कुपण्डोल, पद्मप्रकाश मावि धापाखेललगायतले सन्तोषजनक नतिजा ल्याएका छन् । तर, यी विद्यालयको नतिजा मध्यम खालको छ । अधिकांश विद्यालयको नतिजा हेर्दा गणित, विज्ञान र अंग्रेजीमा कम जिपिए ल्याउनेका संख्या धेरै छ । यी विषयमा कम अंक ल्याउँदा समग्र नतिजा नै खस्किएको ढकालले बताए । 

राम्रा विद्यालयमा भर्ना पाउन पनि कठिन
सिकाइ उपलब्धिसँगै नतिजा राम्रो भएका सामुदायिक विद्यालयमा कक्षा १ देखि माध्यमिक तहसम्मै भर्ना पाउनसमेत मुस्किल छ । ज्ञानोदयमा तल्लो कक्षादेखि माध्यमिक तहसम्म भर्ना पाउन कठिन हुने गरेको छ । सबैको मिहिनेतले गुणस्तरीय शिक्षा दिन सकेकाले विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको प्रअ महर्जनले बताए । चालू शैक्षिक सत्रमा विद्यालय तहमा भर्ना खोल्दा क्षमताभन्दा दोब्बर विद्यार्थीले फारम भरेका कारण प्रवेश परीक्षा दिएको थियो । गत वैशाखमा भर्नाको दबाब धेरै भएको र प्रहरी राखेर प्रवेश परीक्षा लिनुपरेको महर्जनले बताए । करिब तीन हजारले नयाँ भर्नाका लागि फारम भरेकामा ५० प्रतिशत नयाँले अवसर पाएको प्रअले बताए । 

विश्व निकेतनमा भर्ना पाउन मुस्किल छ । यस शैक्षिक सत्रमा कक्षा ९ सम्ममा पाँच सय ५० नयाँ विद्यार्थीका लागि भर्ना खुला गरेकामा दुई हजार पाँच सय प्रवेश परीक्षामा सहभागी भएका थिए । यो विद्यालयमा अध्यापन गर्ने सबै शिक्षकले आफ्ना छोराछोरीलाई यही विद्यालयमा पढाउनुपर्ने व्यवस्था गरेको छ ।