मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार १३:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन सभामुखलाई बुझाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार १३:५९:००

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटासमक्ष बुझाइँदै छ । संसदीय विशेष समितिले सभामुख सापकोटालाई केहीबेरमा प्रतिवेदन बुझाउन लागेको हो । 

समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले समिति संयोजकका हैसियतमा सभामुखलाई प्रतिवेदन बझाउनेछन् । अहिले जारी प्रतिनिधिसभा बैठक केहीबेर स्थगित गरेर सभामुखले प्रतिवेदन बुझ्न र आजै दोस्रो बैठक बसेर प्रतिवेदन पेस गर्ने तयारी छ ।