मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण १३ शुक्रबार ०८:१०:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

दरबार सिनेम्याक्समा वुल्फ एयरमास्क जडान 

Read Time : < 1 मिनेट
२०७९ श्रावण १३ शुक्रबार ०८:१०:००

दरबारमार्गस्थित दरबार सिनेम्याक्सले कोभिड–१९ लगायत भाइरस, ब्याक्टेरिया र माइक्रोब्सलाई पूर्ण रूपमा प्रभावहीन गर्न वुल्फ एयरमास्क एयर स्टेरिलाइजेसन सिस्टम जडान गरेको छ । 

वुल्फ एयरमास्क जडानका लागि दरबार सिनेम्याक्सको तर्फबाट प्रबन्ध निर्देशक दिप्रश शाक्य र प्लानेट हेल्थकेयर प्रालिको तर्फबाट रोजन श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ‘वुल्फ एयरमास्क’ ले सिनेमाहलभित्र शुद्ध हावा उत्पादन गर्दै स्वस्थ सास फेर्न सक्ने वातावरण बनाउने प्लानेट हेल्थकेयर प्रालिका प्रबन्ध निर्देशक रोजन श्रेष्ठले बताए ।

यो वुल्फ एयर मास्क ९९.९९ प्रतिशत भाइरसमुक्त रहेको भनाइ छ । उनले दरबार सिनेम्याक्स नेपालमा वुल्फ एयरमास्क स्थापना गर्ने पहिलो कम्पनी भएको बताए । कोभिडको संक्रमण केही कम भए पनि यसको जोखिम कायमै रहेको अवस्थामा दर्शक, कर्मचारी र परिसरमा उपस्थित सबैको सुरक्षाका लागि वुल्फ एयरमास्क भरपर्दाे र पूर्ण सुरक्षित रहेको छ ।