Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण १२ बिहीबार २२:५५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इराकमा सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीबाट संसद् भवन कब्जा

Read Time : < 1 मिनेट
२०७९ श्रावण १२ बिहीबार २२:५५:००

इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थक उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन् । सुरक्षाकर्मीले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केहीबेर रोके पनि ठूलो भिड भवनभित्र छिरेको सुरक्षा स्रोतले एएफपीसँग पुष्टि गरेको छ ।


उनीहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन् । गत अक्टोबरमा भएको आमनिर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन । संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीको फोहाेरा प्रयोग गरेर रोक्ने प्रयास गरे पनि अन्ततः उनीहरू संसद् भवनभित्र छिर्न सफल भएका थिए । 

प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसद उपस्थित थिएनन् । प्रदर्शनकारीको भिड सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा प्रवेश गरेको थियो । यो क्षेत्रमा विभिन्न देशका दूतावाससहित राजधानीस्थित सबैभन्दा महत्वपूर्ण भवनहरू छन् ।

इराकका प्रधानमन्त्री मुस्तफा अल–खादिमीले प्रदर्शनकारीलाई संसद् भवन छोड्न आग्रह गरेका छन् । भवनभित्र छिरेका प्रदर्शनकारी नाचगान गर्दै टेबलहरूमा सुतेका थिए। नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको हो । त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनपछि नयाँ सरकार गठन हुन सकेको छैन ।

इराकमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएका सिया धर्मगुरु सदरको दलले अक्टोबरको निर्वाचनमा जित दाबी गरेको थियो । तर, आफ्ना प्रतिद्वन्द्वीसँग सहकार्य गर्न सदर तयार नभएपछि उनको दलले सरकार निर्माणका लागि गठबन्धन बनाउन सकेको छैन ।