मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तस्बिर : पिटिआइ
२०७९ श्रावण १२ बिहीबार २२:४५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा बीस हजारभन्दा बढीमा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७९ श्रावण १२ बिहीबार २२:४५:००

बितेका २४ घन्टामा भारतको विभिन्न भागमा २० हजारभन्दा बढीमा कोभिड– १९ संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत तीन दिनसम्म कोरोना संक्रमितको यो संख्या २० हजारभन्दा कम रहेको अधिकारीहरूले जानकारी दिएका छन् । 

हाल भारतमा कोरोना संक्रमितको संख्या चार करोड ३९ लाख ५९ हजार तीन सय २१ पुगेको छ । देशभर एक लाख ४६ हजार तीन सय २३ सक्रिय संक्रमित छन् । पछिल्लो एक दिनमा १९ हजार दुई  १६ संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त भएकाको संख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७  पुगेको छ । 

कोरोना संक्रमणबाट पछिल्लो एक दिनमा ४४ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट पाँच लाख २६ हजार  दुई सय ११ जनाको मृत्यु भएको छ । महामारी सुरु भएयता ८७ करोड ३६ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड– १९ विरुद्ध खोप अभियान जारी छ ।