मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण १२ बिहीबार १६:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई थान पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ 

Read Time : < 1 मिनेट
२०७९ श्रावण १२ बिहीबार १६:०८:००

बर्दियामा दुई थान पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । गुलरिया नगरपालिका– ६ प्रहरी कार्यालयअगाडिको खाजा–नास्ता पसलबाट दुईवटा कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने नौ राउन्ड गोलीसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारत बहराइच घोषियाना बस्ने वर्ष २७ का अजय घोष र भारतको बहराइच नानपारा बस्ने वर्ष २७ कै अमरेशकुमार बर्मा रहेका छन् । उनीहरू नास्ता पसलमा नास्ता खाँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरू हतियारसहित नेपाल प्रवेश गर्नुको कारण भने पत्ता नलागेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले प्रारम्भिक जानकारी लिएर थप अनुसन्धानको प्रक्रिया सुरु गरिसकिएको बताए । 

चोरीमा संलग्न हुन सक्ने आशंकामा प्रहरीलाई खबर गरेपछि प्रहरी गएर खानतलासी गर्दा उनीहरू पक्राउ परेको स्थानीयले बताएका छन् । पछिल्लो समयमा बर्दियामा चोरीका घटना बढिरहेका छन् ।