मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
समाचार डिजिटल संस्करण

एसइई नतिजा : गणितमा धेरै विद्यार्थी कमजोर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १२ बिहीबार १२:४२:००

विद्यालय शिक्षाको क्रममा गणित विषयमा धेरै विद्यार्थी कमजोर देखिने गरेका छन् । बुधबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) नतिजाले अझै पनि धेरै विद्यार्थी गणित विषयमै कमजोर रहेको देखाएको छ । 

यस वर्ष कुल चार लाख ९५ हजार सात सय ५१ विद्यार्थीले गणित विषयको परीक्षा दिएका थिए ।  तीमध्ये एक लाख ८८ हजार ९४ को गणितमा ई ग्रेड आएको छ । ५९ हजार एक सय ४७ जनाले डी ग्रेड ल्याएका छन् । डी र ई ग्रेड ल्याउने विद्यार्थी कुल संख्या दुई लाख ४७ हजार दुई सय ४१ छन् । यी विद्यार्थीलाई कक्षा ११ मा भर्ना पाउन कठिन हुनेछ । २० देखि माथि र ३० भन्दा कम अंक ल्याउनेले डी र २० भन्दा कम ल्याउनेले ई ग्रेड पाउँछन् ।