मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस तनहुँ
२०७९ श्रावण १२ बिहीबार १०:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारी दुर्घटनामा तनहुँमा एक वर्षमा ४९ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, तनहुँ
२०७९ श्रावण १२ बिहीबार १०:१०:००

तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७८/७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो । 

सो अवधिमा एक सय सवारीसाधन दुर्घटनामा परेका थिए । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार ११ ट्रक, १७ बस, १४ जिप/कार, दश ट्याक्टर, एक टेम्पो र ४७ मोटरसाइकल दुर्घटना भएका थिए । दुर्घटनामा परी ४५ पुरुष, १३ महिला, तीन बालक र तीन बालिका घाइते भएका थिए । 

आर्थिक वर्ष ०७७/७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा ३७ पुरुष, आठ महिला र तीन बालक छन् । आव ०७६/७७ मा ४४ तथा आव ०७५/७६ मा ६० जनाको   सवारीसाधन दुर्घटनामा परी मृत्यु भएको थियो । सबैभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन दुर्घटना भएका थिए । ‘तीव्र गतिका कारण दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनामा परेको पाइएको छ,’ नेपालले भने, ‘युवाले जथाभावी सवारीसाधन हाँक्दा दुर्घटना बढी हुने गरेको छ ।’