मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १२ बिहीबार ०६:०४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल बैंकको मोबाइल बैंकिङमा एनसेलको डाटा निःशुल्क

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १२ बिहीबार ०६:०४:००

नेपाल बैंक लिमिटेड र एनसेल एक्जियाटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई डाटा शुल्क नलाग्ने सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहकलाई एनसेलको सिम प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुने जनाइएको छ । बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरूलाई यसअघि नै यो सुविधा प्रदान गरिसकेको जनाएको छ ।

अबदेखि नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्कमार्फत नेपाल बैंकका ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा कुनै डाटा शुल्क नलाग्ने बैंकले जनाएको छ । डिजिटल बैकिङलाई प्रवद्र्धन गरी ग्राहकलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको जनाइएको छ ।

हस्ताक्षरपछि बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले आगामी दिनहरूमा एनसेलसँगको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेका थिए । एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले नेपालको पहिलो बैंकसँग व्यावसायिक साझेदारी गर्न पाउँदा आफू निकै हर्षित भएको बताए । बैंकले हाल देशभर दुई सय १९ शाखा, एक सय ८३ एटिएम साथै ४७ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।