मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १२ बिहीबार ०७:१०:००
Read Time : < 1 मिनेट
समाचार

छुवाछुतका घटना हुन नदिन निरोधात्मक कार्य गर्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १२ बिहीबार ०७:१०:००

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी घटना घट्न नदिन निरोधात्मक कार्य गर्न राष्ट्रिय दलित आयोगलाई निर्देशन दिएको छ । 

समितिको बुधबार बसेको बैठकले जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी घटना घटिसकेपछि सोको सम्बन्धमा आयोगले उपचारात्मक कार्यका लागि पहल गर्दै आएको विषय सराहनीय रहेको भन्दै त्यस्ता किसिमका घटना घट्नै नदिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएको हो । समयका साथै अन्य स्रोतसाधनको लगानीको प्रतिफल कत्तिको सन्तोषजनक छ वा सन्तोषजनक परिणामका लागि सुधार गर्नुपर्ने विषयको बारेमा अध्ययन, हालसम्मको उपलब्धि मापन गर्न पनि समितिले निर्देशन दिएको छ । 

न्यायसंगत सम्बोधन हुने गरी कार्यसम्पादन गर्न र आयोगले हालसम्म गरेका नीतिगत सिफारिसको कार्यान्वयनको अवस्था विश्लेषण गर्न पनि भनिएको छ । आयोगले काम गर्नुपर्ने समुदायको अझ थप विश्वास आर्जन गर्न सक्ने गरी प्रभावकारी कार्यसम्पादन गर्न दलित आयोगलाई निर्देशन दिइएको छ ।