१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फाेटाे
२०७९ श्रावण ११ बुधबार १५:५८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

यार्सा संकलनबाट मनाङमा ३६ लाख राजस्व संकलन

Read Time : < 1 मिनेट
२०७९ श्रावण ११ बुधबार १५:५८:००

हिमाली जिल्ला मनाङमा यार्सागुम्बा संकलनकर्ताबाट ३६ लाख २९ हजार पाँच सय एक रुपैयाँ राजस्व संकलन भएको छ । मनाङमा आर्थिक वर्ष ०७८–७९ मा यार्सासहित अन्य जंगली जडीबुटीबापत भने ४० लाख १६ हजार ६४ रुपैयाँ राजस्व संकलन भएको एक्याप मनाङले जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वनलसुन, गुची च्याउ, निगालो, यार्सागुम्बाजस्ता जंगली जडीबुटी संकलन र काठ बिक्रीबाट उक्त राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । 

मनाङको चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जंगली जडीबुटी संकलन भएको उनले बताए । एक्याप मनाङका प्रमुख गौतमका अनुसार मनाङमा जिम्बु संकलनबाट ३९ हजार ९८, वनलसुनबाट ३४ हजार पाँच सय १२, गुची च्याउबाट १७ हजार दुई सय ३३, निगालोबाट दुई सय २१ र टिम्बरबाट दुई लाख ९५ हजार चार सय ९९ राजस्व संकलन भएको छ । गौतमले भने, ‘आर्थिक वर्ष ०७८–७९ मा यार्सागुम्बा १०७.०५२ किलोग्राम, जिम्बु २३०६.५ किलोग्राम, वनलसुन १०१७.६५ किलोग्राम, गुची च्याउ ३०.५ किलोग्राम, निगालो १३०० पिस, टिम्बर १८६७.५८ क्युफिट बिक्री भएको छ । आर्थिक वर्ष ०७७–७८ मा मनाङमा ४०.५ किलोग्राम जडीबुटी संकलनबाट १३ लाख ९७ हजार दुई सय ५० राजस्व संकलन भएको थियो ।