मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ११ बुधबार १५:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनकपुर चुरोट कारखाना सञ्चालन हुन्छ : मन्त्री बडू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ११ बुधबार १५:१८:००

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन् । बुधबार उद्योगमन्त्री बडूले विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले कारखानाका मेसिनको अध्ययन गरेर उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याउने बताए । 

‘अहिले बन्द रहेका विराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग, बुटवल घागो उद्योग, गोरखकाली रबर उद्योग सरकारी स्वामित्वमा भए पनि बन्द छन् । निजी क्षेत्रका उद्योग पनि बन्द भएका छन् । उनीहरूलाई पनि राज्यले के–के सहुलियत दिनुपर्छ, चलाउनुपर्छ । बन्द भएका उद्योग चल्न जरुरी छ । अहिलेको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरुरी छ । हामी धेरै आयातमुखी भएका छौँ,’ उनले भने, ‘मुलुकको उत्पादन बढ्यो भने आयात कम गर्न सकिन्छ । जसले निर्यात गर्न सक्छ त्यस्ता उद्योग बढाउन सक्छ । निर्यात उद्योग चलाउन सरकारले विशेष सहुलियत दिने सरकारले नीति बनाएको छ । बन्द उद्योग चलाउन निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्छौँ ।’

मन्त्री बडूले सरकारले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा निर्यात उद्योग चलाउन विशेष सहुलियत दिने नीति बनाएको बताए । जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउन निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्ने उनको भनाइ थियो ।