मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ११ बुधबार ११:३४:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

भुवन केसीले किन भने सहिद हुन पनि तयार छु ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ११ बुधबार ११:३४:००

चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका चर्चित अभिनेता भुवन केसीले चलचित्र क्षेत्रको हित हुन्छ भने आफू सहिद हुन पनि तयार रहेको बताएका छन् । 
बुधबार बोर्ड अध्यक्षका रूपमा पदभार ग्रहणपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘म जहिले पनि नेपाली चलचित्र क्षेत्रको हित चिताउने कलाकार हुँ । मेरो तन, मन र धन चलचित्रकर्मीकै उत्थान र विकासका लागि हो । म सहिद भएर चलचित्र क्षेत्र राम्रो हुन्छ भने म त्यसका लागि पनि तयार छु ।’

केसीलाई सरकारले बोर्ड अध्यक्षमा नियुक्त गरेपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । त्यही सन्दर्भमा सञ्चारकर्मीले उनलाई बुधबार प्रश्न सोधेका थिए । 

पदभार ग्रहणपछि उनले चलचित्र क्षेत्रका समस्या समाधानका लागि केही सूत्र सुनाए । ‘सबै विधाका मान्छे संलग्न गराएर म चाँडै सर्वपक्षीय सम्मेलन आयोजना गर्छु । त्यहाँ म सबैका समस्या सुन्न चाहन्छु,’ उनले भने, ‘त्यहाँबाट आउने निष्कर्षका आधारमा योजना बनाएरअघि बढ्छु ।’ केसीलाई सोमबारको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । उनी गत स्थानीय तहको निर्वाचनअघि एमाले छोडेर कांग्रेस पार्टीमा प्रवेश गरेका थिए ।