मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण ११ बुधबार ११:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन

Read Time : < 1 मिनेट
२०७९ श्रावण ११ बुधबार ११:०२:००

वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । बझाङको छबिसपाथीभेरा गाउँपालिका– २ मुम्ला घर भएका ५५ वर्षीय कडायतको सेती प्रादेशिक अस्पतालमा बुधबार बिहान निधन भएको हो । उनको मस्तिष्कघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।

अचेत अवस्थामै धनगढीस्थित नवजीवन अस्पताल पुर्‍याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन नसकेपछि सेति प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो ।

कडायत ०४९ सालदेखि देउडा गायन क्षेत्रमा सक्रिय थिए ।  लोक डेउडा गायक कडायतले ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘ल बिँडी खान्या की’लगायत विभिन्न चर्चित गीत गाएका छन्  ।