Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल फाेटाे
२०७९ श्रावण १० मंगलबार २१:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कल सेन्टरबाट ठगी प्रकरण : पक्राउ परेकामध्ये दुईविरुद्ध ठगी मुद्दा

Read Time : < 1 मिनेट
२०७९ श्रावण १० मंगलबार २१:३०:००

रुपन्देहीको तिलोत्तमामा ब्लुस्काई बिजनेस सोलुसन प्रालिको नाममा कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये दुईजनालाई प्रहरीले ठगी मुद्दा अघि बढाएको छ । अनलाइनमार्फत ठगी गरेको पाइएपछि ठगी मुद्दा चलाइएको प्रहरीले जनाएको छ । 
तिलोत्तमा नगरपालिका– २ जानकीनगरस्थित प्रेमराज गुरुङको घरमा सञ्चालित ब्लुस्काई बिजनेस सोलुसन प्रालिबाट विद्युतीय अपराध भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले आइतबार खानतलासी गरेको थियो । तीनवटा तला भाडामा लिएर विभिन्न सामाजिक संजाल र एप्सहरूमार्फत दुई सयभन्दा बढी युवायुवतीलाई काममा लगाई अनलाइनमार्फत ठगी हुँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । अनुसन्धानको क्रममा विभिन्न व्यक्तिहरूलाई म्यासेज गरी बैंक लोन अफर गर्ने भनी प्रलोभन देखाउने, धम्की हैरानी दिने र अश्लिल सामग्रीहरूसमेत पठाई ठगी गर्ने गरेको पाइएको थियो । प्रहरीले आइतबार १ सय १५ जना पुरुष र ९८ जना महिला कर्मचारीसमेत २ सय १३ जनालाई निगरानीमा राखी अनुसन्धान अगाडि बढाएको छ । दुईजनाविरुद्ध भने मुद्दा दर्ता गरेको छ । 
प्रहरीका अनुसार मुख्य भूमिकामा रहेका दाङ घोराही– १३ का हिमाल बाठामगर र भारत बिहार प्रदेश गायविद्या पञ्चायत मचारीका जिसाद दबांगे भनिने निरञ्जन कुमारविरुद्ध ठगी मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।