मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ श्रावण १० मंगलबार १०:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीगण्डकी करिडोर अवरुद्ध

Read Time : < 1 मिनेट
२०७९ श्रावण १० मंगलबार १०:२३:००

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बाग्लुङखण्ड अवरुद्ध भएको छ । सोमबार राति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएपछि सवारी चल्न सकेका छैनन् ।

कालीगण्डकी करिडोरको मालढुंगाबाट बलेवा खण्डअन्तर्गत बाग्लुङ नगरपालिका– १० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार उक्त पहिराले कालीगण्डकी करिडोरसँगै बाग्लुङबाट दक्षिण भेग कुस्मिसेरा र बरेङ जाने सडकखण्डसमेत अवरुद्ध गरेको छ । यससँगै बाग्लुङको दक्षिण भेग सडक सम्पर्कसँग टुटेको छ । 

उक्त स्थानमा दैनिकजसो पहिरो खसिरहेको छ । अहिले पहिरो पन्छाउनका लागि कालीगण्डकी करिडोर, बाग्लुङ नगरपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । यस्तै, आज बिहानदेखि अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्गको बुर्तिबाङखण्ड पहिरो पन्छाएसँगै सञ्चालन भएको छ ।