१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ९ सोमबार २१:४४:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ९ सोमबार २१:४४:००

निर्माता तथा निर्देशक भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । 

बोर्ड पूर्वअध्यक्ष दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीलाई नियुक्त गरेको हो । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाले निवेदन दिएको सूची मन्त्रालयले सार्वजनिक गरेको थियो । मन्त्रालयले निर्माता केसीसहित अरुणकुमार प्रधान, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।

पहिलो संविधानसभा चुनावका वेला केसी एमालेमा प्रवेश गरेका थिए । त्यसवेला पनि उनले चलचित्र विकास बोर्डको अध्यक्ष बन्न निकै दौडधुप गरेका थिए । उनी पछि कांग्रेस पार्टीमा प्रवेश गरेका थिए । २० वैशाखमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहित भुवन केसी र श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका थिए ।