१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका मोगादिसु
२०७९ श्रावण ९ सोमबार १३:४३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आर्थिक अभावका कारण सोमालियालाई मानवीय सहायता रोकिन सक्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मोगादिसु
२०७९ श्रावण ९ सोमबार १३:४३:००

सहायता संस्थाहरूले सोमालियाका लागि पठाउँदै आएको मानवीय सहायता रोकिन सक्ने बताएका छन्। आर्थिक अभावका कारण सो सहयोग रोकिन सक्ने अवस्था आएको बताइएको छ।

आवश्यक सहयोगको अभावमा मानवीय सहायता सामग्री रोकिन लागेको संयुक्त राष्ट्रसंघीय सहायता एजेन्सीले जनाएको छ। आर्थिक कोषको अभावमा खासगरी अहिले सोमालिया पठाइँदै आइएका खाद्यान्न, आवश्यक औषधिजन्य सामग्रीहरूका साथै बालबालिकाका लागि वितरण गर्दै आएको पोषणसम्बन्धी कार्यक्रमका वस्तुहरू पनि रोकिन सक्ने सो संस्थाले जनाएको छ।

सोमालियामा आन्तरिक द्वन्द्व र व्यापक मात्रामा परेको खडेरीका कारण यहाँका नागरिकलाई पोषणयुक्त खाद्यान्न तथा आवश्यक औषधिसमेत संयुक्त राष्ट्रसंघीय एजेन्सीको समन्वयमा विभिन्न दाताहरूले आपूर्ति गर्दै आएका छन्।

सोमालियाका ७७ लाख नागरिक गएको कम्तीमा एक दशकदेखि खाद्यान्न अभावको समस्यामा परेका थिए। यस सहायताबाट उनीहरूलाई ठूलो राहत मिलेको बताइएको थियो। यहाँ परेको खडेरीले ठूलो संख्याका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको छ। खडेरीका कारण पानीको समस्या भोग्न उनीहरू बाध्य छन्।

एक रिपोर्टअनुसार पानी अभावका कारण यहाँका नौ लाखभन्दा बढी नागरिक पानी खोज्ने क्रममा आन्तरिक रूपमा विस्थापित भएर अन्यत्रै सरेका छन्। रासस/सिन्ह्वा