१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण ९ सोमबार ११:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाल्पा बस दुर्घटना : मृतक ६ जनाकै सनाखत

Read Time : < 1 मिनेट
२०७९ श्रावण ९ सोमबार ११:२४:००

पाल्पाको रिब्दीकोट– २ लघुवामा आइतबार भएकोे बस दुर्घटनामा मृत्यु भएका ६ जनाको नै सनाखत भएको छ। मृत्यु हुनेहरूमा गुल्मी चन्द्रकोट गाउँपालिका– ८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका– ४ का ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह– ७ की दिलकुमारी कामी, कपिलवस्तु वाणगंगा– २ का ४५ वर्षीय यमबहादुर सोमै, नवलपरासी बर्दघाटकी २४ वर्षीया पूर्णिमा कामी र बाग्लुङ बडिगाडकी ५५ वर्षीया ओमकला थापा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

बाग्लुङको बुर्तिवाङबाट बुटवलका लागि हिँडेको लु.१ख ५९५२ नम्बरको बस विपरीत दिशाबाट आएको मोटरसाइकललाई साइड दिने क्रममा दुर्घटना भएको थियो। दुर्घटनामा परेका चालकसहित १६ जना घाइतेको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ। घाइतेमध्ये म्याग्दीकी सुमित्रा रोका र देवदहका खडकबहादुर विकको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

घाइते हुनेहरूमा बसचालक रुपन्देहीको कञ्चन गाउँपालिका– ५ का ३३ वर्षीय किसन श्रीस, बाग्लुङ बडिगाड गाउँपालिका– १० का १८ वर्षीय सिजन थापा, रुपन्देहीको बुटवल उपमहानगरपालिका– ११ कालिकानगरका ५५ वर्षीय गोविन्द थापा, गुल्मी चन्द्रकोट गाउँपालिका– ८ मझुवाकी १८ वर्षीया प्रियंका काफ्ले छन्।

चन्द्रकोट– ८ मझुवाकी २१ वर्षीया रचना सुवेदी, सोही स्थानकी ६ वर्षीया रिया सुवेदी, गुल्मी चन्द्रकोटका ३१ वर्षीय चन्द्रबहादुर कामी, कपिलवस्तुको वाणगंगा नगरपालिका– २ का ४२ वर्षीय पीताम्बर रेग्मी, गुल्मी सत्यवती गाउँपालिका– ६ खैरेनीका ३५ वर्षीय छविलाल ढकाल, सोही ठाउँका १५ वर्षीय पुजन ढकाल, बाग्लुङ ढोरपाटन नगरपालिका– १ का ३० वर्षीय टेकलाल रसाइली, रौतहटको वृन्दावन गाउँपालिका– ७ का २८ वर्षीय सञ्जयकुमार ठाकुर, म्याग्दी रूपा गाउँपालिका– ४ की ३९ वर्षीया सुमित्रा रोका, सोही ठाउँका चार वर्षीय विश्वास रोका र रुपन्देही देवदह नगरपालिका– ७ का खडकबहादुर विक रहेका छन्।