१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ८ आइतबार १९:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्राफिक नियम उल्लंघन गर्ने विद्यालयका सवारीसाधनलाई कारबाही    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ८ आइतबार १९:३४:००

काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनहरूलाई कारबाही थालेको छ । गत ४ साउनमा काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालय, प्याब्सन, एनप्याब्सन, हिसान तथा अभिभावक संघबीच  उक्त निर्देशिकालाई पूर्ण पालना गर्ने/गराउने सहमति भएको थियो । सोहीअनुरूप आज विभिन्न स्कुलका सवारीसाधनहरू चेकजाँच गर्ने क्रममा निर्देशिकाविपरीतका कार्यहरू गरेको पाइएकाले उनीहरूलाई सचेत गराउनुका साथै कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

ट्राफिक नियमविपरीत सञ्चालन गरिएका स्कुलबसहरूलाई कारबाही गर्नुका साथै स्कुल व्यवस्थापन समितिलाई समेत जानकारी गराइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । उनका अनुसार आगामी दिनहरूमा समेत निर्देशिकाविपरीत सञ्चालन हुने स्कुलका सवारीसाधनहरूलाई कानुनबमोजिम कारबाही गर्ने कार्यलाई निरन्तरता दिइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।