१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण ८ आइतबार १७:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाल्पाको लघुवामा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ श्रावण ८ आइतबार १७:४५:००

पाल्पाको रिब्दिकोट गाउँपालिका–३ स्थित लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । तानसेन–रिडी–तम्घास सडकखण्डको तोसडाँडा ढिकबाट यात्रुसहितको बस खस्दा पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

अपराह्न ४ बजेतिर बुर्तिबाङबाट बुटवल जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीय रन्जीव कुँवरले जानकारी दिएका छन्। घटनाको अन्य विवरण आउन बाँकी छ।