मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
साउदी अरबमा दुर्घटनामा परेपछि ६ महिनादेखि अस्पतालमा उपचाररत सर्लाही लालबन्दीका २५ वर्षीय देवराज पौडेल ।
मुना कुँवर काठमाडाैं
२०७९ श्रावण ८ आइतबार १३:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

साउदी अरबमा दुर्घटनामा परेका देवराज पौडेलको गुहार– ‘मलाई स्वदेश फर्काइदिनुस्’

Read Time : < 1 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ श्रावण ८ आइतबार १३:२२:००

मेरो नाम देवराज पौडेल हो । मेरो घर लालबन्दी, सर्लाहीमा पर्छ । म अहिले २५ वर्षको भएँ । म २०२१ मा ड्राइभर भिसामा साउदी अरब आएको हो । म दमामस्थित तलाल हमाद अल बिनाली जनरल कन्ट्र्याक्टिङ कम्पनीमा ड्राइभरको काम गर्थेँ । तर, गत जनवरीमा मेरो गाडी अगाडिको हेभी गाडीसँग ठोक्कियो । दुर्घटनापछि मलाई ट्राफिक प्रहरीले अस्पताल लगी भर्ना गरे । दुर्घटनापछि मेरो आधा शरीर चलेन । म आफैँ केही गर्न सक्दिनँ । 

मेरो घाँटी र मेरुदण्डको हड्डी पनि भाँचिएको छ । मेरो बेड नम्बर ३२२ हो । मलाई नर्सले नै खुवाउने काम गर्छन् । दिसा–पिसाबका लागि पाइप राखिएको छ । अस्पतालले मलाई उपचार खर्च तिर् अनि घर जा भन्छ । तर, मसँग पैसा छैन । घरपरिवार यति धेरै पैसा तिरेर मलाई लैजान सक्दैनन् ।

मैले काम गर्ने कम्पनीले मेरो उपचार खर्च भुक्तानी गर्दिनँ भन्छ । नेपाली दूतावासले पनि केही गरेन । मैले धेरै ठाउँमा हारगुहार गरिसकेँ । मलाई मेरो परिवारसँग बस्न मन छ । म मरे पनि नेपालमा मर्न मन छ । मलाई कुनै पनि हालतमा नेपाल फर्काइदिनुस् । मेरो बिन्ती छ । 

यो पनि पढ्नुहोस् : वैदेशिक रोजगारीमा गएका २५ नेपाली कामदार कोमामा, पाँच सय ४५ जना जेलमा