मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ८ आइतबार ०६:५२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दराज महाबचत बजार अभियान : टर्की उड्ने नि:शुल्क टिकटदेखि ६० प्रतिशतसम्म छुटको अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ८ आइतबार ०६:५२:००

अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान दराज महाबचत बजार सुरु गरेको छ । ८ साउनदेखि सुरु हुने अभियानमा ग्राहकले ६० प्रतिशतसम्म छुट, अनलाइन प्रि–पेमेन्टमा एक हजार पाँच सयसम्मको छुट, सात हजारसम्मको भौचर, निःशुल्क सिपिङ र बम्पर उपहारमा टर्की उड्ने निःशुल्क टिकट प्राप्त गर्न सक्नेछन् ।  

दराजका ग्राहकहरूले डेबिट कार्डबाट प्रि–पेमेन्ट गरेमा १० प्रतिशत (अधिकतम रु. १०००) र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गरेमा १२ प्रतिशत (अधिकतम रु. १५००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू, नेपाल बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र एनसिसी बैंकका कार्डवाहकहरूले माथि उल्लिखित छुटको लाभ लिन सक्नेछन् । यसबाहेक, इ–सेवा वालेटबाट भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु. १०००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् । दराज महाबचत बजारमा लोकप्रिय खेल एक रुपैयाँ गेम पनि रहेको छ । जसमार्फत ग्राहकले एक रुपैयाँमा पुरस्कार जित्ने मौका पाउनेछन् । 

अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूमा विशेष छुट
दराज महाबचत बजार अभियानमा ग्राहकले मनपर्ने ब्रान्डहरूबाट ६० प्रतिशतसम्म छुट पाउनेछन् । अभियानका लागि डायमन्ड पार्टनर्सः एप्पल, फिलिप्स, अमायरा फेसन हाउस र निउ रहेका छन् । प्लेटिनम पार्टनर्समा एर्के, सिजी डिजिटल, कोंका, मसला बिड्स, लोत्टो र किउ एन्ड यू फर्निचर रहेको छ भने र अन्त्यमा गोल्ड पार्टनरहरूमा काडेन्स नेपाल, जुआस, कन्भर्स, आंकर, रोहतो मेन्थोलाटम, बियर्डो, जिन्सवेस्ट र लियोन ब्युटी रहेका छन् ।