Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ७ शनिबार २१:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिकता विधेयकविरुद्ध राप्रपा नेपालका भातृ संगठनको राँके जुलुस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ७ शनिबार २१:४१:००

संसदबाट शुक्रवार पास भएको नागरिकता बिधयेकविरुद्ध राप्रपा नेपालसम्बद्ध सम्बद्ध जनवर्गीय संगठनहरुले विरोध जनाएका छन् । नागरिकता विधयेकका बुँदाहरु ‘विवादास्पद,अनुचित र राष्ट्रहितविपरित’ भएको  भन्दै संगठनका नेता कार्यकर्ताहरुले आज साँझ राँके जुलुश प्रदर्शन गरेका हुन् । 
 
नागरिकता भनेको कागजको खोस्टो मात्र नभएर  देशको स्वाभिमान , स्वतन्त्रता र अस्तीत्वसङ्ग गासिएको बिषय भएको भन्दै राप्रपा नेपाल सम्बद्ध जनबर्गिय संगठन युवक, विद्यार्थी र युवा मोर्चाले नागरिकता बिधयेकको बिरोध गरेको पार्टी महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।  उनीहरुले सबै नेपालीले नागरिकता सरल र सहज रुपमा पाउने कुरामा दुई मत नभएको तर बिदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाढ्ने बिषय अस्वीकार्य भएको बताएका छन् । 

पार्टी कार्यालय बिशालनगरबाट शुरु भएको राँके जुलुस ढल्कु, भाटभटेनी हुँदै बालुवाटार पुग्दा प्रहरी हस्तक्षेप भएको महामन्त्री बर्तौलाले बताए । उनका अनुसार एक प्रदर्शनकारी विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।