Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ श्रावण ६ शुक्रबार २०:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनेरास्ववियुको विधान महाधिवेशन असोजमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ श्रावण ६ शुक्रबार २०:४६:००

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को ‘तेस्रो नीति तथा विधान महाधिवेशन एवं राष्ट्रिय भेला’ असोजमा हुने भएको छ। अनेरास्ववियुको पदाधिकारी बैठकले आगामी असोज १ देखि ३ गतेसम्म संगठनको विधानबारे छलफल गर्नका लागि महाधिवेशन बोलाएको अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिइन्।

यस्तै, बैठकले जिल्ला र सोमातहतका कमिटीको अधिवेशन साउन महिनाभित्र सक्न निर्देशन दिएको छ। अध्यक्ष बरालका अनुसार विधान महाधिवेशनमा संगठन संरचना, नीतिगत तथा शैक्षिक आन्दोलनका विषयमाथि छलफल हुनेछ। उनले विधान महाधिवेशनपछि राष्ट्रिय महाविधेशन गर्ने बताए।

यसैगरी, भदौ १५ गतेभित्र प्रदेशस्तरीय शिक्षण तथा भेला र विश्वविद्यालय राष्ट्रिय कमिटीका सम्मेलन, भेला गर्ने निर्णय गरिएको छ। बैठकले विश्वविद्यालयमा नियमित रूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन केन्द्रीय कमिटी र क्याम्पस तहका स्ववियु निर्वाचनको आवश्यकता सन्दर्भमा रचनात्मक दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष बरालले जानकारी दिइन्।