मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ६ शुक्रबार १७:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सबै नेपालीले नागरिकता पाउनुपर्छ तर अहिलेको विधेयक आपत्तिजनक छ : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ६ शुक्रबार १७:३६:००

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रत्येक नेपालीले सहज र सरल रूपमा नागरिकता पाउनुपर्ने बताएका छन्। आज काठमाडौंमा पार्टीसम्बद्ध जनवर्गीय संगठनहरूको संयुक्त विरोध प्रदर्शनमा बोल्दै थापाले यस्तो बताएका हुन्।

यद्यपि, वैवाहिक अंगीकृतका सन्दर्भमा नेपालमा विवाह गरेर आएपछि निरन्तर सात वर्षसम्म बसोबास गरेपछि मात्रै नागरिकता जारी गर्ने, सो अवधिका लागि राजनीतिकबाहेकका अन्य अधिकार प्रयोग गर्न पाउने गरी आवासीय अनुमतिपत्र दिने प्रावधान कायम गरिनुपर्ने भन्दै उनले अहिले संसदमा प्रस्तुत विधेयक आपत्तिजनक रहेको बताए।

उनले राष्ट्रघात र जनघात गर्ने काम नगर्न सरकारलाई चेतावनीसमेत दिए। मनपरी ढंगले जबर्जस्ती अघि बढ्न खोजे श्रीलंकामा नेताहरूप्रति जनताले देखाएको आक्रोश बेहोर्नुपर्नेतर्फ सचेत हुन उनले आग्रह गरे।

सरकारमा जान र सरकार टिकाई राख्न विदेशीको आशिर्वाद खोज्ने नेतृत्वले मुलुकको स्वाभिमान जोगाउन नसक्ने थापाको भनाइ छ।