१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फाेटाे
२०७९ श्रावण ५ बिहीबार १४:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उद्देश्यसहित गठबन्धन हुन्छ : महामन्त्री थापा

Read Time : < 1 मिनेट
२०७९ श्रावण ५ बिहीबार १४:२५:००

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल केका लागि पहिले नै टुंगाे लाग्नुपर्ने बताए। महामन्त्री थापाले निर्वाचनपछि र अगाडिको तालमेल असफल भएको बताए। उनले भने, ‘तालमेल केका लागि, जनतासँग जोडिन्छ कि जोडिँदैन भन्ने हुनुपर्छ।’ तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यो आवश्यक नभएको उनले स्पष्ट पारे।

उनले निर्वाचनअघि गरिने तालमेल दलहरूका बीचमा संविधानलाई हेर्ने दृष्टिकोण, आर्थिक–सामाजिक मुद्दा र विदेश नीतिका सन्दर्भमा न्यूनतम समझदारी बन्नुपर्ने बताए।  उनले भने, ‘यी कुरामा समझदारी हुँदैन भने तालमेल नगरेकै राम्रो ।’ न्यूनतम समझदारी नबनी तालमेल गर्दा निर्वाचन जितिसकेपछि साना कुरा नै तालमेल टुट्न सक्ने उनको बुझाइ छ। रासस