Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ चैत ६ बुधबार १५:२१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

रङको पर्व होलीको उमङ्ग [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७५ चैत ६ बुधबार १५:२१:००

रङ दल्दै आपसमा खुशियाली साटेर रङको पर्व होलीको उमङ्ग शुरु भएको छ । 

विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली बुधबार काठमाडौं उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ मनाइदै छ । तराईका जिल्लामा भने बिहीबार होली मनाइन्छ । 

बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा सेतो टिसर्टमा सजिएर समूहमा होली खेल्न थालेका दृष्य यत्रतत्र देखिएका छन् । विभिन्न थरिका रङमा देखिएका उनीहरु एकापसमा होली दलेर रमाइरहेका छन् । 

होलीको दिनमा आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँको वसन्तपुर, मैतीदेवी, टुँडिखेल, सामाखुशी, टोखा, भृकुटीमण्डप, महाराजगञ्जलगायत १८ स्थानमा होली कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न सङ्घ संस्थाले अनुमति लिएका छन् । 

पाेखराबाट गाेबिन्द सुवेदी
त्यस्तै पोखराका मुख्यबजारहरु लेकसाई, पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सृजनाचोक र सभागृहचोकमा होली मनाउन सर्वसाधारणको दिनभर नै भिड लागेको छ  ।