१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ४ बुधबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महाराजगन्जमा ६ अर्बको लगानीमा अपार्टमेन्ट बन्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ४ बुधबार ०६:००:००

व्यवसायी कर्मा तेन्जिङको लगानीमा काठमाडौंको महाराजगन्जमा सुविधासम्पन्न भूकम्प प्रतिरोधी अपार्टमेन्ट बन्ने भएको छ । १८ महिनामा संरचना निर्माण र बाँकी १८ महिनामा इन्टेरियर डिजाइन गरी तीन वर्षमा सबै काम पूरा गर्ने लक्ष्य रहेको कर्माले बताएका छन् । उनका अनुसार निर्माण सम्पन्न हुँदासम्म यस अपार्टमेन्टको कुल लागत ६ अर्ब पुग्न सक्छ । 

भवन निर्माणको जिम्मा ए वान बिल्डर्सले पाएको छ । ए वान बिल्डर्सका अध्यक्ष भक्त लामाका अनुसार १२ रोपनी क्षेत्रफलमा अपार्टमेन्ट निर्माण हुनेछ । भवनले मात्रै ६ रोपनी जग्गा ओगट्ने उनले बताए । तीनवटा भवनसहितको अपार्टमेन्टमा प्रत्येक भवनमा १५ वटा तला हुनेछन् । 

सुरक्षित र सुविधा सम्पन्न आवासीय सेवा उपलब्ध गराउने उद्देश्यले अपार्टमेन्ट निर्माण गर्न लागिएको कर्मा रेसिडेन्सी निर्माण टिमले जनाएको छ । अपार्टमेन्टमा नियमित हट वाटर, निरन्तर विद्युत्, दुई सय ४० भन्दा बढी सवारीसाधन पार्किङ स्पेस, हाइस्पिड इलेभेटर, स्विमिङ पुल, जगिङ ट्र्याक, बालबालिकाका लागि खेल्ने क्षेत्र, मन्दिरलगायत सुविधा रहनेछ ।