१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण ३ मंगलबार १९:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा ८१  प्रतिशत रोपाइँ सम्पन्न

Read Time : < 1 मिनेट
२०७९ श्रावण ३ मंगलबार १९:५०:००

लमजुङमा हालसम्म ८१ प्रतिशत रोपाइँ भएको छ। अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको हो। 

जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम चरणमा पुगेको उक्त केन्द्रका प्रमुख सुदीप खतिवडाले बताए। लमजुङमा बर्खे र चैतेधान गरी १३ हजार दुई सय ५० हेक्टरमा धानखेती गरिन्छ। जिल्लाको खेतीयोग्य जमिनमा यतिवेला बर्खेधान रोप्ने काम भइरहेको छ।

लमजुङमा पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोला खेतमा जेठ अन्तिम हप्तादेखि नै धान रोपाइँ सुरु भएको थियो। मकैबाली लगाइएका र आकाशे पानीको भरमा मात्रै खेती गरिने टारी खेतमा भने धान रोप्न बाँकी छ। मनसुन छिट्टै भित्रिएको र प्रशस्त पानीको सुविधा भएकाले यस वर्ष लमजुङमा धान रोपाइँ  चाँडै सुरु गरिएको थियो।