मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तस्बिरहरु : अमुल थापा
अमुल थापा काठमाडौं
२०७९ श्रावण ३ मंगलबार १५:४७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बोरिङ खन्दा जोरपाटीमा निस्कियो ग्यास (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७९ श्रावण ३ मंगलबार १५:४७:००

बोरिङ खन्ने क्रममा जोरपाटीको एक घरमा मंगलबार बिहान ग्यास निस्कियो । स्थानीय सन्तवीर लामाको आँगनमा बोरिङ खन्ने क्रममा मिथेन ग्यास र माटोको लेदो निस्किएको हो।

बोरिङका लागि सय मिटर खन्ने क्रममा माटोको लेदो र ग्यास निस्किएको हो। बिहान १० बजेदेखि निस्किएको हिलो माटोको लेदो र ग्यास अझै नरोकिएको गोकर्णेश्वर नगरपालिका– ५ का अध्यक्ष नारायणबहादुर सुवेदीले जानकारी दिएका छन्।

‘यस्तो खालको पहिलो घटना देख्दै छौँ। बिहान १० बजेदेखि ग्यास, हिलो माटो, बालुवा निस्किएको हो। जुन अझैसम्म रोकिएको छैन,’ अध्यक्ष सुवेदीले भने, ‘वरपर हिलो माटो, पानी परेजस्तो भएकाले हिँड्नका लागि समेत असहज अवस्था छ।’

करिब ४० फिटसम्मको फोहोरा भएका कारण त्यस क्षेत्रमा हिँडडुल गर्नसमेत असहज भएको छ। सुवेदीका अनुसार हाल उक्त क्षेत्रमा नेपाल प्रहरी र नगर प्रहरीले सुरक्षा प्रदान गरिरहेको छ।