१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३ मंगलबार १३:१६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३ मंगलबार १३:१६:००

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय तोकिएकोे छ। अघिल्लो दिन प्रतितोला रु. ९४ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु. दुई सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार तीन सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९३ हजार पाँच सय थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले घटेर रु. एक हजार एक सय ६० तोकिएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।