मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण २ सोमबार १८:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रोङ गाउँपालिकामा पुँजीगत खर्चको एक प्रतिशत पर्यावरणलाई

Read Time : < 1 मिनेट
२०७९ श्रावण २ सोमबार १८:०१:००

इलामको रोङ गाउँपालिकाले पुँजीगत खर्चको एक प्रतिशत पर्यावरणका लागि छुट्याएको छ। गाउँपालिकाले नीतिगत निर्णय गर्दै हरेक योजनाको पुँजीगत खर्चको एक प्रतिशत रकम वातावरण कोषमा जम्मा गरिने भएको हो।

उक्त रकमबाट ‘वनमार्फत समृद्धि विकास आयोजना’ सञ्चालन गरिने गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए। ‘वन संरक्षण पनि हुन्छ। वनबाट आम्दानी पनि हुन सक्छ भन्ने उद्देश्यले पर्यावरणका लागि पुँजीगत खर्चको एक प्रतिशत छुट्याइएको हो,’ स्याङ्बोले भने, ‘पाँचवर्षे योजना बनाएर अघि बढ्दै छौँ।’ वनमार्फत समृद्धि विकास आयोजना’ रोङ गाउँपालिकाले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममै पास भएको छ।

विकास खर्चबाट यसरी छुट्याइएको एक प्रतिशत रकम वनको संरक्षण, चुरे क्षेत्रमा भएका पानीको स्रोतको दिगो संरक्षण जैविक विविधताको संरक्षण, पहिरो नियन्त्रणलगायत काममा खर्च गरिने उनले बताए। यो योजनाअन्तर्गत खाली रहेको सामुदायिक वनमा फलफूल, जडीबुटी तथा विशेष वनस्पति वृक्षरोपण गर्दै कृषि वनको रूपमा विकास गरिने अध्यक्ष स्याङ्बोले बताए। अध्यक्ष स्याङ्बोका अनुसार रोङ गाउँपालिकामा ३१ वटा सामुदायिक वनहरू छन्।