मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण १ आइतबार १७:३०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गुल्मीमा ७५ प्रतिशत धान रोपाइँ सकियो

२८ हजार मेट्रिक टन धान उत्पादन हुँदा पाँच करोडको चामल आयात

Read Time : < 1 मिनेट
२०७९ श्रावण १ आइतबार १७:३०:००

गुल्मीमा ७५ प्रतिशत धान रोपाइँ सकिएको छ। मकै र जर्डन धान भएकाबाहेक जिल्लाका ठूला फाँटहरूमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ।

रासायनिक मलको अभाव भए पनि पर्याप्त मनसुनी वर्षा भएकाले गत वर्षभन्दा योपटक यो अवधिमा रोपाइँ भएको भूमिको प्रतिशत बढेको हो। गत वर्ष यो अवधिमा ५५ प्रतिशत रोपाइँ भएको थियो। गुल्मीमा चैते धान तीन सय ५० हेक्टर र वर्षे धान आठ हजार ८०३ हेक्टरमा गरी नौ हजार एक सय ५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको केन्द्रका सूचना अधिकारी युवराज ढकालले जानकारी दिए।

आयातीत चामलसँग स्थानीय धानकाे प्रतिस्पर्धा कम
गत वर्ष चैते र वर्षे गरी जम्मा २७ हजार ८ सय ७ मेट्रिक टन धान उत्पादन भएको थियो। मसिना र बास्नादार चामलको उपभोगमा बृद्धि तथा आयातीत चामलको गुणस्तर र मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको छ।

गुल्मीमा गत वर्ष ५ करोडबराबरको चामल आयात भएको थियो। एकजनाले सरदर वार्षिक एक सय ३८ केजी चामल खपत भएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए।