मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १ आइतबार १६:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

न्यायालयको विकृति अन्त्यका लागि बार प्रतिबद्ध : अध्यक्ष घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १ आइतबार १६:००:००

नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले न्यायालयको विकृति सुधारका लागि बार प्रतिबद्ध रहेको बताएका छन्। आइतबार बार काउन्सिलद्वारा आयोजित तालिम शुभारम्भ कार्यक्रममा अध्यक्ष घिमिरेले यस्तो बताएका हुन्।

उनले न्यायालय सुधारका लागि भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन आवश्यक रहेको औँल्याए। यसमा सबैको भूमिका आवश्यक रहेको उनको भनाइ थियो। न्यायालयको विकृति हटाउन शून्य सहनशीलता अपनाउनुपर्नेमा उनको जोड थियो।

‘न्यायालयमा धेरै प्रकारका समस्या छन्। सामान्य सुधारबाट मात्रै यसको सुधार सम्भव छैन्,’ उनले भने, ‘भ्रष्टाचारमुक्त न्यायपालिकाका लागि शून्य सहनशीलता अपनाउनुपर्छ। यसमा सबैको भूमिका आवश्यक छ। बार न्यायालय सुधारको काममा प्रतिबद्ध छ।’