१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १ आइतबार १६:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिसिटिभी फुटेज प्रकरण : अर्थ मन्त्रालयका आइटी इन्जिनियरसँग समितिको सोधपुछ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १ आइतबार १६:१५:००

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरूसँग सोधपुछ सक्ने तयारी रहेको बताएको हो।

समितिका सचिव सुरेन्द्र अर्यालले आइतबार अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको बताए। समिति सचिव अर्यालका उनका अनुसार आजै अर्थ मन्त्रालयका राजस्वसचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिए। शनिबार समितिले मूल गेटदेखिका सिसिटिभीका गतिविधिहरूमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको थियो।

पूर्वअर्थमन्त्रीका विषयमा आवश्यक कागज तथा प्रमाण अर्थ मन्त्रालयसँग माग गरेपश्चात् अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरूसँग सोधपुछ र जानकारी लिने काम निरन्तर चलिरहेको उनको भनाइ छ । ‘शनिबार पनि भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशहरू र अर्थ मन्त्रालयमा राजस्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरूसँग सोधपुछ गर्ने काम भयो,’ उनले भने, ‘आइतबार त्यसैको निरन्तरताको रूपमा अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख र अर्थ मन्त्रालयको सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटीको इन्जिनियरसँग ८ बजेको बैठकमा छलफल भयो ।’

अब राजस्वसचिव, अर्थसचिव तथा मन्त्रालयका पदाधिकारीसँगको छलफल सक्ने समितिको तयारी छ । तत्कालीन अर्थमन्त्री शर्माले ०७९–८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो । पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।