Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ३२ शनिबार १९:२२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसियन गेम्सको विशेष प्रशिक्षणलाई निरन्तरता दिन्छौँ : राखेप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ३२ शनिबार १९:२२:००

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगित भए पनि भोलि नै प्रतियोगिता हुन्छ भन्ने लक्ष्यका साथ खेलाडीको प्रशिक्षणलाई निरन्तरता दिने बताएका छन् । नेपाल स्ट्रेन्थ लिफ्टिङ महासंघको आयोजनामा शनिबारबाट काठमाडौंमा सुरु प्रथम राष्ट्रिय खुल्ला स्टे«न्थ लिफ्टिङ  तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगिताको उद्घाटन गर्दै सदस्यसचिव घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भए पनि नेपाली खेलाडी तयारी अवस्थामा रहनुपर्ने भएकाले विशेष प्रशिक्षणलाई निरन्तरता  दिने बताएका हुन् । 

राखेपको कर्भडहलमा दुई दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटनपछि बोल्दै सदस्यसचिव घिसिङले खेलाडीमा ‘स्ट्रेन्थ’ निकै आवश्यक भएको र राखेपले पहिलोपटक फिजिकल परीक्षण गरेको बताए ।

घिसिङले अहिले पनि एसियाली खेलकुदका लागि २३ वटा खेलको विशेष बन्द प्रशिक्षणहरू भइरहेको जानकारी गराउँदै नेपालमा स्ट्रेन्थ लिफ्टिङ तथा इन्क्लाइन बेन्चप्रेसलाई अघि बढाउनका लागि राखेपले आवश्यक सहयोग गर्ने बताए ।